दुई साताअघि मुम्बइबाट भागेर आएका थिए भक्तपुरमा मृत भेटिएका दिदीबहिनी

काठमाडौं, ८ साउन । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा मृत भेटिएका दिदीबहिनी भारतको मुम्बइबाट भागेर आएको खुल्न आएको छ। स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका उनीहरू बिहीबार बिहान मृत अवस्थामा भेटिएका थिए । उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो…