काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको सन्दर्भमा आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले पार्टीको यो निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा आएर देश र…