काठमाडौं, ६ भदौ । सशस्त्र प्रहरी बलले एकै पटक ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र कचर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप(समूहतर्फ दरखास्त आह्वान गरेको छ…