काठमाडौँ । कोटेश्वरको गेस्टहाउसबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ– ३२ कोटेश्वरस्थित लालीगुराँस गेस्ट हाउसमा सञ्चालित जुवा खालबाट ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका विकास चेम्जोङ, राजु…