नारायणगढ–मुग्लिन सडकखण्ड : तुइन खोलाको पहिरो पन्छाउने काम जारी

काठमाडौं, ४ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ । शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभातकुमार झाले बताएका छन् । उनका अनुसार निरन्तर काम जारी रहेमा…