डेन्पासार, १९ असार । इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा डुब्दा बिहीबारसम्म कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूले दर्जनौँको विवरण नभएको उल्लेख गर्दै अहिलेसम्म २३ जनाको जीवितै उद्धार गरिएको बताएका छन् । इन्डोनेसियाको मुख्य टापु जाभाबाट लोकप्रिय छुट्टी गन्तव्यमा जाँदै गर्दा बुधबार मध्यरात अघि ६५ यात्रु बोकेको जहाज डुब्दा…