काठमाडौं, २९ असोज । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने…