झरीमा लुछुप्पै काठमाडौँ उपत्यका

काठमाडौँ । भारतमा आएको चक्रवातका कारण नेपालको मौसममा परिवर्तन हुँदा बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यका झरीमा लुछुप्पै भिजेको छ । पानी परेसँगै काठमाडौँको तापक्रम पनि घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था’का कारण २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको…