बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

सर्लाही, १४ कात्तिक । मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पुर्‍याएको छ । तिहार लगत्तै भित्र्याउने तयारीमा रहेका किसानहरू अहिले फलेको धान खेतमै नष्ट भएपछी चिन्तित बनेका छन् । कोडैनाका किसानहरूको अनुसार खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेको छ भने अझै नकाटिएका बालीमा पनि बाला झर्ने समस्या…