काठमाडौं, २ भदौ । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । इजरायलको जेरुसेलममा भएको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग माग गरेका छन् । भेटमा विपिनकी आमा पदमा र बहिनी पुष्पासँगै इजरायलको लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि…