भारत र चीनलाई नेपालको जवाफ : लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, सीमा व्यापार नगर्नु

काठमाडौं, ५ भदौ । नेपाली भूमि लिपुलेक हुँदै भारत–चीनबिच सीमा व्यापारको सहमति भएपछि नेपालले जवाफ दिएको छ। परराष्ट्र मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ भनेको छ। जवाफमा नेपालले भारतलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा…