सुशीला कार्की सरकारविरुद्ध जेनजी समूह असन्तुष्ट माइतीघरमा आज प्रदर्शन गर्दै

काठमाडौँ, ७ पुस । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ । आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना भन्नुभयो “हामी कोही कसैबाट पनि परिचालित भएका छैनौँ । सुरुआती दिनहरूदेखि नै हाम्रा मागहरू स्पष्टै छन् । फेरिएका पनि छैनन् । आन्दोलन शान्तिपूर्ण हुन्छ ।”…