काठमाडौं, २१ पुस । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलाको कपी झिकाउने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसलाको पूर्णपाठ मुद्दाको मिसिल साथमा राख्ने आदेश जारी…