काठमाडौं, २६ मंसिर । नेपालमा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण दिन–प्रतिदिन कमजोर हुँदै गएको भन्दै सरोकारवालाहरूले गहिरो चिन्ता प्रकट गर्नुभएको छ। सुर्तीजन्य पदार्थविरुद्ध काम गर्दै आएको एक्सन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवाला व्यक्तिहरूले हरेक वर्ष हजारौंको ज्यान खोसिरहेको यस्ता पदार्थको उत्पादन, बिक्री–वितरण नियन्त्रणका सट्टा उल्टै नयाँ उद्योग खोल्ने र बजार विस्तार गर्ने चलखेल…