काठमाडौं, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा कार्यक्रमका आवेदकहरूले अब थप एक लाख डलर शुल्क तिर्नुपर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो भिसा विदेशबाट निश्चित उद्योगहरूमा दक्ष कामदार ल्याउनका लागि प्रयोग हुँदै आएको छ । अहिलेसम्म यस्तो भिसाका आवेदनमा विभिन्न प्रशासनिक शुल्कहरू गरेर करिब १५ सय डलर लाग्ने गरेको थियो…