जनकपुरधाम, १८ असार । जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गररेर हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो । विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताउनुभयो ।…