काठमाडौं, २७ फागुन । नेपाल एअरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि काठमाण्डौ–दुबई–काठमाण्डौ विशेष उडान गर्ने भएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । निगमले निकालेको सूचनाअनुसार काठमाण्डौ–दुबई उडान आज राति सवा ११ बजे हुँदैछ भने दुबई–काठमाण्डौ उडान भोलि स्थानीय समयअनुसार ४…