काठमाडौं, ३० चैत्र । नयाँ वर्ष २०८३ को अवसर पारेर DishHome इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ। यस विशेष योजना अन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने ग्राहकहरूले २ महिना अतिरिक्त बोनस सेवा पाउनेछन्।
कम्पनीका अनुसार २००, ३००, ६०० तथा १००० Mbps सम्मका उच्च गतिको इन्टरनेट प्याकेजमा नयाँ जडान गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ। यसले ग्राहकलाई थप समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेट सेवा उपयोग गर्न सहज हुने जनाइएको छ।
डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो, जसले छिटो, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको छ। कम्पनीले बढ्दो डिजिटल आवश्यकता, अनलाइन शिक्षा, वर्क–फ्रम–होम, भिडियो स्ट्रिमिङ तथा गेमिङलाई ध्यानमा राख्दै यो योजना ल्याएको जनाएको छ।
अफरका मुख्य विशेषताहरू
- नयाँ इन्टरनेट जडानमा मात्र लागू
- २०० देखि १००० Mbps सम्मका प्याकेज उपलब्ध
- २ महिना अतिरिक्त बोनस
- सीमित अवधिका लागि मात्र लागू
ग्राहकहरूले नयाँ जडानका लागि नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।
डिशहोमले नयाँ वर्षको अवसरमा ग्राहकलाई थप मूल्य र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई यस योजनामार्फत अझ मजबुत बनाएको बताएको छ।








प्रतिक्रिया