नेपाल एयरलाइन्सको काठमाडौं–ग्वाञ्जाओ सिधा उडान, हप्तामा तीन नियमित उडान हुने

काठमाडौं, ५ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं उडान सेवा शुरू गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि…