शीर्ष नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताहरूलाई पक्राउ गरी लागेका आरोपमा छानविन गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणालगायतका अन्य सार्वजनिक नेतालाई तुरुन्त पक्राउ गर्न माग गरेका हुन् ।

उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे । दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ । विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने बताउँदै उनले छठपछि व्यवस्था परिबर्तन गर्न आन्दोलन हुने बताए ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १६ : ३६  बजे