काठमाडौं, २२ साउन। नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकृत भई बनेको सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालकी नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले शुक्रबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ।
पदबहालीपछि उहाँले सुशासनलाई प्राथमिकतामा राख्दै जनअपेक्षाअनुसारका सूचना, समाचार तथा कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बस्न्यातले नागरिकको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय सामग्री उत्पादन तथा प्रसारणलाई प्राथमिकता दिइने बताउँदै चुनौतीका बीच पनि अवसरको सदुपयोग गर्दै नेपाल टेलिभिजन र रेडियो नेपालका समाचार, कार्यक्रम तथा प्रविधिमा सुधार गर्दै अघि बढ्ने बताउनुभयो।
पदबहाली कार्यक्रममा पीएसबी नेपालकी कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाभित्रका जटिलता समाधान गर्दै राज्य र नागरिकप्रतिको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरिने विश्वास व्यक्त गर्नुभयो।
सूचना तथा सञ्चार मन्त्रालयको असार ३२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चालक समिति बैठकको अध्यक्षता गर्ने गरी सदस्यमा नियुक्त बस्न्यातलाई असार २१ गतेदेखि लागू हुने गरी पीएसबी नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।







प्रतिक्रिया