काठमाडौं, ७ कात्तिक । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ ।
नेपाली समाजका कतिपय ठाउँमा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा रहिआएको छ ।
दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहने गरेको छ ।












प्रतिक्रिया