वनमा लुकाएर राखेको अवस्थामा सात थान भरुवा बन्दुक बरामद

काठमाडौं, २१ असोज । बागलुङको निसिखोला गाँउपालिका–१ सल्लेरी सामुदायिक वनमा लुकाएर राखिएको सात थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।

आज बिहान ९ बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले निसीखोला गाउँपालिका–१ सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीमा लुकाएर राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद भएको भरुवा बन्दुक सावुत पाँच थान र बेसावुत दुई थान गरी जम्मा सात थान रहेको छ । बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार  १४ : ३७  बजे