काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ।
मतपेटिकाका विषयमा विवाद उत्पन्न भएपछि रोकिएको मतगणना साँझ साढे ७ बजेदेखि सुरु भएको हो।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसपछि उम्मेदवारहरूकै रोहवरमा मतगणनाका लागि मतपेटिका खोलिएको थियो।
तर, एक मतपेटिका कम भेटिएको र दुईवटा मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै उम्मेदवार तथा प्रतिनिधिले प्रश्न उठाएपछि मतगणना अघि बढ्न सकेको थिएन।
विवाद समाधान भएपछि मतगणना प्रक्रिया अघि बढाइएको एक उम्मेदवारले जानकारी दिएका छन्।











प्रतिक्रिया