सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट

काठमाडौं, २१ असोज । खराब मौसमका कारण सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ । ‎सिमरा विमानस्थलबाट काठमाडौंका लागि आज बिहान १०ः३० बजे बुद्ध एयरको U4 554 उडान थियो । काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट आकाशमै होल्ड भयो । ‎

काठमाडौं विमानस्थलमा पानी परिरहेको तथा खराब मौसमका कारण अवतरणमा समस्या भएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । ‎विमान करिब १२:३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको हो ।

‎विमानका कर्मचारीबाट प्राप्त जानकारीअनुसार मौसम तथा विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुनः काठमाडौंका लागि उडान हुने बताइएको छ । काठमाडौं उपत्यकामा बुधबार बिहानदेखि भिजिविलिटीको समस्या देखिएको छ । सोही कारण आन्तरिक उडान केही प्रभावित बनेका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार  १४ : १९  बजे