कांग्रेसको १५औँ महाधिवेशन : महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी

काठमाडौं,२० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि डा. सुनिलकुमार शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ।

मंगलबार काठमाडौंको खुलामञ्चमा उहाँले महामन्त्री पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको हो। आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्तालगायतका प्रक्रिया अघि बढिरहेका छन्।

उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनुभयो।

उहाँले कांग्रेसलाई थप गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै पार्टीको संगठनलाई बलियो बनाउने तथा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने विषयलाई आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गर्नुभएको छ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १६ : ०९  बजे