अर्थ र परराष्ट्रको कार्यवाहक जिम्मेवारी ऊर्जा मन्त्री श्रेष्ठलाई

काठमाडौं, १९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी पाउनुभएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल वैदेशिक भ्रमणमा रहेकाले प्रधानमन्त्री बालेन्द्र शाहले उहाँहरूको अनुपस्थितिमा मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक सम्हाल्ने गरी तोक्नुभएको हो ।

अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा संयुक्त राज्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ भने परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १८ : १७  बजे