काठमाडौं, १८ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्ने तर सरकारले त्यसका लागि पहल नगरेको बताउनुभएको छ।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै पोखरेलले सरकारले संसद् र नागरिकसँग समेत संवाद नगरेको आरोप लगाउनुभयो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ तर सरकार दलहरूसँग संवाद गर्दैन,’ उहाँले भन्नुभयो, ‘सरकार संसद्सँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन।’
पोखरेलले यस्तो अवस्थामा भविष्यमा आउन सक्ने प्राकृतिक विपद्को सामना कसरी गर्ने भन्ने विषयमा समेत चिन्ता रहेको बताउनुभयो।
प्रधानमन्त्रीले आफ्नै संसदीय दललाई समेत नचिनेको अवस्थामा लोकतन्त्रमाथि पनि प्रश्न उठेको उहाँको भनाइ थियो।











प्रतिक्रिया