कांग्रेस महाधिवेशनमा रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ।

महाधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति गगन थापाले पार्टीका संस्थापक तथा अग्रज नेताहरूको तस्वीरमा माल्यार्पण गर्नुभयो।

उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ।

समारोहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शङ्कर पोखरेललगायतका नेताहरू सहभागी हुनुहुन्छ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा प्रतिनिधि सहभागी भएको जनाइएको छ।

उद्घाटन सत्रसँगै बन्दसत्र पनि खुलामञ्चमै सञ्चालन हुनेछ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १६ : २३  बजे