काठमाडौं, १७ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रसाईंलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। पक्राउको विस्तृत कारणबारे औपचारिक जानकारी आउन बाँकी छ।
प्रसाईंले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित देशव्यापी आन्दोलन घोषणा गरेका थिए।
यसअघि पनि विभिन्न सार्वजनिक अभिव्यक्ति र गतिविधिका कारण प्रसाईं विवादमा पर्दै आएका थिए। प्रहरीले घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।







प्रतिक्रिया