काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा नेपाली पर्वतारोहीहरूको निधनलाई नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्यको रूपमा चित्रण गर्नुभएको छ।
शोक वक्तव्य जारी गर्दै महासचिव पोखरेलले विश्व पर्वतारोहणमा नयाँ कीर्तिमान कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो।
उहाँले साहस, दृढता र सङ्कल्पका प्रतीक बनेका नेपाली पर्वतारोहीहरूलाई गुमाउनु राष्ट्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उनीहरूले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ।
महासचिव पोखरेलले दिवंगत पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।







प्रतिक्रिया