सिराहको लहानमा कर्फ्यु हट्यो, गोलबजारमा यथावत

सिरहा, १६ साउन । सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ । गोलबजारको कर्फ्यु भने जारी राखिएको छ ।

सुनसरीमा दुई समहबीच भएको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादव मृत्यु भएको थियो ।

यादवको परिवारसँग सहमति भए पनि गोलबारमा भने कर्फ्यु यथावत राखिएको छ । गणेशको शव नल्याउँदासमम गोलबजारको कर्फ्यु नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार  १० : ३६  बजे