काठमाडौं, १५ साउन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग शुक्रबार भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले आफू संघीयताको पक्षमा रहेको बताउनुभएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो ।
महतोका अनुसार संघीयताबारे संशय व्यक्त गर्दा प्रधानमन्त्री शाहले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको भन्दै विश्वास दिलाउने प्रयास गर्नुभएको थियो ।
“हामीले संघीयताको बारेमा संशय प्रकट गर्दा उहाँले हिन्दु राष्ट्र र राजावादीको पक्षमा आफू नरहेको भन्दै हामीलाई विश्वास दिलाउन खोज्नुभयो,” महतोले भन्नुभयो ।
प्रधानमन्त्री शाहले राजसंस्था संघीयताको पक्षमा नरहेको धारणा राख्दै आफू भने संघीयताको पक्षमा स्पष्ट रूपमा रहेको बताउनुभएको महतोले जानकारी दिनुभयो ।







प्रतिक्रिया