काठमाडौं, १५ साउन । तराई–मधेशका विभिन्न जिल्लामा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएपछि नेपाल प्रहरीले कर्मचारीलाई तत्काल बिदामा नबस्न सर्कुलर जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार देशभरका प्रहरी इकाइलाई सर्कुलर जारी गर्दै किरिया र प्रसूति बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न निर्देशन दिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार सुरक्षा चुनौती बढेकाले अधिकतम प्रहरी जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आएको हो । अत्यावश्यक अवस्थाबाहेक अन्य बिदा तत्कालका लागि रोकिएको उहाँले बताउनुभयो ।
सुनसरीमा भएको झडपपछि सुरु भएको प्रदर्शन मोरङ, सिरहा, धनुषा र पर्सालगायतका जिल्लासम्म फैलिएको छ । तनाव बढेपछि विभिन्न जिल्लाका प्रशासनले कर्फ्यू तथा निषेधाज्ञासमेत जारी गरेका छन् ।
सुरक्षा व्यवस्था थप कडा बनाउन सम्बन्धित जिल्लामा थप प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया