काठमाडौं, १५ साउन । सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएकाहरूलाई भेट्न विराटनगरस्थित न्युरो अस्पताल पुगेका गृहमन्त्री सुदन गुरुङविरुद्ध युवाहरूले नाराबाजी गरेका छन् ।
गृहमन्त्री अस्पतालभित्र प्रवेश गरेपछि बाहिर रहेका युवाहरूले राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘मान्छे मार्न पाइँदैन’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी युवाहरूले आफूहरू जनजी आन्दोलनका क्रममा घाइते हुँदा गृहमन्त्री गुरुङले साथ दिएको भए पनि अहिले युवाहरूको आवाज नसुनेको आरोप लगाउँदै असन्तुष्टि जनाएका छन् ।







प्रतिक्रिया