भोटेकोशी हेली रिसोर्टको समाचारप्रति कडा आपत्ति, हटाउने धम्की

काठमाठौं, १४ साउन । भोटेकोशी हेली रिसोर्टले ‘भोटेकोशी हेली रिसोर्ट विवाद : फेक बिल, कृत्रिम लागत र ओभर फाइनान्सिङमा रानाभाटको नाम’, ‘फिस्टेल एकेडेमीका अध्यक्ष रानाभाटमाथि करोडौंको आर्थिक अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग’ सम्बन्धी समाचारप्रति आपत्ति जनाएको छ ।

फिस्टेल एकेडेमीका अध्यक्ष तथा व्यवसायी चिनबहादुर रानाभाटले पत्रमार्फत समाचारप्रति आपत्ति जनाउँदै कानूनी उपचारमा जाने धम्की दिनुभएको छ । नेपाल पब्लिक प्रेसले रिसोर्टको बिषयमा प्रकाशित गरेको समाचारमा उहाँले आपत्ति जनाउनु भएको हो ।

रानाभाटले समाचार हटाउन भन्दै नहटाए नेपाल पब्लिक प्रेस अनलाइनबिरुद्ध कानूनी उपचारमा जाने धम्कीसमेत दिनुभएको छ । पत्रमा ‘झुटो र मानहानिजन्य सामग्री’ भन्दै खण्डन समाचार सत्य नरहेको दावी गर्नुभएको छ ।

रानाभाटले आफ्नो नोटिसमा ६ साउन २०८३ मा प्रकाशित ‘भोटेकोशी हेली रिसोर्ट विवाद : फेक बिल, कृत्रिम लागत र ओभर फाइनान्सिङमा रानाभाटको नाम’, ‘फिस्टेल एकेडेमीका अध्यक्ष रानाभाटमाथि करोडौंको आर्थिक अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग’ शिर्षकको समाचार पूर्ण रूपमा असत्य, अपुष्ट, पूर्वाग्रहपूर्ण, दुर्भावनापूर्ण तथा मानहानिजन्य रहेको दाबी गर्नुभएको छ ।

उक्त सामग्री अर्को अनलाइनबाट प्रकाशित समाचारको उचित स्रोत उल्लेख नगरी शीर्षक परिवर्तन गरेर पुनः प्रकाशित गरिएको आरोप पनि लगाउनु भएको छ ।

रानाभाटको खण्डनपत्र यस्तो छ :

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १९ : ५३  बजे