काठमाडौं, १४ साउन । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।
यस्तै, प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको छ ।







प्रतिक्रिया