सुनसरीको घटनाको विरोधमा आज पनि जनकपुरधाममा प्रदर्शन, सडक अवरुद्ध

काठमाडौं, १४ साउन। सुनसरीमा दुई समूहबीच भएको घटनाको विरोधमा आज पनि जनकपुरधाममा प्रदर्शन सुरु भएको छ ।हिन्दू सम्राट सेनाको नेतृत्वमा करिब ५० जनाको समूहले जनकपुरधामस्थित रामानन्द चौकमा विरोध प्रदर्शन सुरु गरेको हो ।प्रदर्शनकारीहरुले रामानन्द चौकमा जनकपुरधाम–ढल्केवर सडक अवरुद्ध गरेर विरोध प्रदर्शन सुरु गरेका छन् ।गत आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा जनकपुरधामसहित मधेसको विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १० : ४९  बजे