विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं, १४ साउन । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ ।

सिंहदरबारमा बिहीबार बिहान ११ बजेदेखि बैठक शुरू हुने संसद सचिवालयले जनाएको हो ।

बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  ०७ : ३३  बजे