काठमाडौं, १३ साउन । अविरल वर्षाका कारण काठमाडौंको कपनस्थित रुद्रमती खोलामा बाढी आएको छ । बाढीको पानी खोला किनारका पसलमा पसेपछि व्यवसायी प्रभावित भएका छन् भने पसलभित्र रहेका सामानमा समेत क्षति पुगेको छ ।बाढीको पानी सडकसम्म पुगेपछि खोला किनारको सडक भएर हुने सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक जलमग्न बनेपछि सवारीसाधन सञ्चालन रोकिएको छ भने स्थानीयवासीलाई आवतजावतमा समेत कठिनाइ भएको छ ।
स्थानीयवासी र सुरक्षाकर्मीले जोखिम क्षेत्रमा सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।वर्षा अझै जारी रहेकाले रुद्रमती खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
0
Shares







प्रतिक्रिया