काठमाडौँ, १३ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
मंगलबार साँझ उहाँलाई अचानक तीव्र चक्कर लाग्नुका साथै बान्ता भएपछि उपचारका लागि टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो।
उहाँका स्वकीय सचिव रेखी गुरुङका अनुसार चिकित्सकहरूको निगरानीमा उपचार जारी छ भने स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको भित्री कानमा समस्या देखिएको छ। हाल उहाँको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले नजिकबाट निगरानी गर्दै आवश्यक उपचार गरिरहेका छन्।







प्रतिक्रिया