सुनसरी घटनाबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ।

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार सर्वदलीय बैठकका लागि सबै दललाई औपचारिक पत्राचार गर्नुका साथै सभापति लामिछानेले विभिन्न दलका शीर्ष नेताहरूलाई व्यक्तिगत रूपमा फोन गरेर सहभागी हुन आग्रह गर्नुभएको छ।

सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र त्यससँग सम्बन्धित समसामयिक विषयमा साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  ०८ : ३७  बजे