जनकपुरधाम, ११ साउन । सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाएका छन्।
जनकपुरधामस्थित रामानन्द चोकमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र घाइतेलाई न्यायको माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा प्रधानमन्त्री शाहसँगै उहाँका राजनीतिक सल्लाहकार असिम शाहको तस्वीर पनि जलाइएको बताइएको छ।
सुनसरी घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला जनकपुरधाममा पनि त्यसको प्रभाव देखिएको हो। प्रदर्शनको क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो।







प्रतिक्रिया