काठमाडौं, २९ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री शाहकी श्रीमती सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख गरिएको छ।
सम्पत्ति विवरणमा सुन, चाँदी, हिरा लगायतका गरगहना गरी कुल १९० तोला रहेको जनाइएको छ। उक्त गरगहनाको प्राप्तिको स्रोत पैतृक सम्पत्ति रहेको पनि विवरणमा स्पष्ट उल्लेख गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै प्रधानमन्त्री परिवारसँग सम्बन्धित यो विवरणले पनि सार्वजनिक रूपमा चासो तानेको छ।







प्रतिक्रिया