उपसभामुख रुबीकुमारी ठाकुरले लिनुभयो सपथ

काठमाडौं, २७ चैत । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको सपथ लिनुभएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच सभामुख डोलप्रसाद अर्यालले उहाँलाई सपथ ग्रहण गराउनुभएको हो।

उपसभामुखमा निर्वाचित भएपछि आयोजित उक्त समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समारोहमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ पनि उपस्थित हुनुहुन्थ्यो।

प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएपछि ठाकुरले संविधान र संसदीय मर्यादाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार  २१ : २०  बजे