दासढुंगा घटना षड्‌यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौंः बादल

काठमाडौं, १५ पुस ।  नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याएर छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभयो ।

उहाँले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गर्नुभयो। उहाँले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताउनुभयो । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई एकदिन कानूनको कठघरामा उभ्याउने बताउनुभयो । थापाले भन्नुभयो, ‘दासढुंगा घटना नेपालविरोधी जनविरोधीहरूको भयंकर षड्यन्त्र थियो। षड्यन्त्रअन्तर्गत नै मदनआश्रितको हत्या गरिएको थियो। हामीले हत्यारालाई कानूनको कठघरामा ल्याउन सकेका छैनौँ। एक दिन हामी मदनआश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँ।’

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  २० : २५  बजे