काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्नुभएको छ । उहमाँले त्यसलाई जंगलमा बाघको सिकार गर्न ुकुखुरा, बाख्रा र स्यालु ले बनाएको मोर्चाको संज्ञा दिनुएको छ ।
कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,ु अध्यक्ष ओलीले मदनआश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ुएमाले महाधिवेशनको सन्देश र राजनीतिक निकासु विषयक विचार गोष्ठीमा भन्नुभयो । उहाँब्ले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गर्नुभयो । एमाले मात्र होइन, कांग्रेस पनि छ, उहाँले भन्नुभयो ुकांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ। एमालेले चुनाव पर्खिरहेको पनि उहाँले बताउनुभयो । देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं, उहाँले भन्नुभयो । एमालेले महाधिवेशनबाट पार्टीले धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताउनुभयो ।








प्रतिक्रिया