रास्वपाको समानुपातिक बन्दसूची, कुलमानका १८, बालेन्द्र बालेनका ४० अरु को को विस्तृतमा

काठमाडौँ, १५ पुस ।  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निर्वाचन आयोगमा पुगेको छ । मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका हुन् ।

सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बीच सहमति भएको थियो । सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने भएका हुन् । कुलमानका १८, बालेनका ४० जना समानुपातिक उमदेवार पाउने भएका छन् । रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्म छन् । रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ ।

 

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  ०८ : ४३  बजे