काठमाडौं, १३ पुस । जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता भएका छन् ।गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सुरक्षा निकायका हतियारहरु लुटपाट भएका थिए । जसमध्ये अहिलेसम्म ७३३ हतिार फिर्ता आएको गृह मन्त्रालयले बताएको छ ।
आन्दोलनको क्रममा नेपाल प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएको थियो ।सशस्त्र प्रहरीका पनि केही हतियार हराएका थिए । जसअनुसार करिब १३ सयको हाराहारीमा हतियार लुटपाट भएका थिए । ती मध्ये करिब साढे ५ सय हतियार अझै फिर्ता आउन बाँकी नै रहेको छ ।अहिले फेला नपरेका हतियारमध्ये केही भने प्रदर्शनकारीहरूले खोलानाला तथा झाडीतिर फालेको र केहीले मात्रै न्यून मात्रामा लुकाएर राखेको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।‘धेरै हतियार फिर्ता आइसकेका छन् ।
केही हतियार हराएका छन् । तीमध्ये केही हतियार कुनै आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएका होलान् । बाँकी हतियार भने फालिसकेको विश्लेषण हामीले गरेका छौं,’ एक सुरक्षा प्रमुखले गृह मन्त्रालयमा ब्रिफिङको क्रममा भनेका छन् ।लुटिएका हतियार खोजी गर्न विशेष योजना बनाएर काम गरेको प्रहरीले सो क्रममा लुटिएका बाहेक नै थप ३२ हतियार पनि बरामद गरेको बताएको छ ।









प्रतिक्रिया