काठमाडौं, १३ पुस । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुनुहुने भएको छ । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उहाँले सरकारी निवास छोड्ने तयारी पनि गर्नुभएको छ । संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने हुँदा घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको उहाँको भनाइ छ ।‘पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित क्षेत्रमा जवाफ दिनुपर्ने अवस्था आउने हुँदा प्रक्रियागत रुपमा अपठ्यारो पर्ने बुझेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ,’ उहाँले भन्नुभयो , ‘अब उहाँ कार्यालय जानुहुन्न । निवास सर्ने तयारी गर्दै गर्नुहुन्छ, डेरा पनि खोजिसक्नु भएको छ ।
’संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेको प्रतिनिधिसभाका सभामुख, उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल हुने उल्लेख छ ।फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदै छ ।सभामुख र उपसभामुखको कार्यकाल गएराति १२ बजेदेखि सकिएको छ ।









प्रतिक्रिया